logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

    राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

    585
    SHARES
    राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

    काठमाण्डौ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखिएको सूचना आज प्रकाशित गरेको छ।

    उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।

    कोसी राजमार्ग विस्तार तथा मर्मतको काम ठेक्का लिएका उनले बारम्बार म्याद थप र ताेकता गर्दा पनि वास्ता नगरेपछि सडक डिभिजनले ठेक्का तोडेको छ। उनले कान्छाराम एनबी जेभीका नाममा याक्का चोकदेखि पिलुवासम्मको १४ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो।

    अब उनको कम्पनीले २ वर्ष ६ महिनासम्म नेपाल सरकारका कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यमा सहभागी हुन पाउने छैन। ठेकेदार तामाङ रामेछापबाट कांग्रेसका निर्वाचित सांसद हुन्। उनी सरकारी ठेक्का लिएर समय र गुणस्तरको पालना नगर्ने काममा बदनाम छन्।


    अर्थ चौतारी
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved