काठमाण्डौ । बाढी, पहिरोले पुर्याएको क्षति बापत परेको बीमा दावीमा हालसम्म ४७ करोड बढी भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत मंगलबार ९कात्तिक २० गते० सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो ।
बीमा गरेका ती आयोजना तथा संरचनाहरुबाट ३ हजार ४६० वटा दावी पेश भएको थियो । प्राधिकरणका अनुसार १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ बढीको दावी परेको हो । तर, सो दावी मध्ये हालसम्म कम्पनीहरुले ६३७ वटा दावीमा भुक्तानी दिएका छन् । कम्पनीहरुले हालससम्म कुल ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेका हुन् । कुल दावीमा कम्पनीहरुले ४।४७ प्रतिशत मात्रै भुक्तानी दिएका छन् । कात्तिक २१ गते बुधवारसम्म प्राप्त दावीको विवराणको आधारमा कम्पनीहरुले अग्रिम दावी भुक्तानी गरेका हुन् ।
प्राधिकरणको आँकडा अनुसार सबैभन्दा धेरै भुक्तानी शिखर इन्स्योरेन्सले २५ करोड १९ लाख ८८ हजार रुपैयाँ दिएको छ । कुल भुक्तानीको ५३.४८ प्रतिशत हुन आउँछ । कम्पनीमा कुल १ अर्ब ३ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको ४५० वटा दावी पेश भएका थिए । सो मध्ये शिखरले ३४८ वटा दावीमा भुक्तानी दिएको हो ।
यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७ करोड ६७ लाख ६५ हजार रुपैयाँ बराबरको ८० वटा दावीमा भुक्तानी दिएको छ । बाढी पहिरोले पुर्याएको क्षति बापत कम्पनीमा २ अर्ब ५६ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ५१० वटा दावी परेको थियो ।
यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख २१ हजार, हिमालयन एभरेष्टले ३ करोड ५५ लाख, नेकोले २ करोड ३४ लाख ९३ हजार, आइजीआई पु्रडेन्सियलले १ करोड २५ लाख ४७ हजार रुपैयाँ बराबरको क्रमशः ४३ वटा, ३५ वटा, ३ वटार ३६ वटा दावी भुक्तानी गरेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्सले ९८ लाख ७७ हजार, सानिमा जिआइसीले ७८ लाख २५ हजार, प्रभूले ५१ लाख १२ हजार, नेशनल इन्स्योरेन्सले २२ लाख ५३ हजार, दि ओरियण्टलले ७ लाख २६ हजार, एनएलजीले ५ लाख ६६ हजार र युनाईटेड अजोडले ५ लाख ४३ हजार रुपैयाँ दावी भुक्तानी गरेका छन् ।
लघुबीमा तर्फ स्टार माइक्रोले २६ हजार र नेपाल माइक्रोले २५ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् । यी बाहेक राष्ट्रिय बीमा कम्पनी, ट्रष्ट माइक्रो र प्रोटेक्टिभ माइक्रोले अझै पनि भुक्तानी गरेका छैनन् । यी कम्पनीमा क्रमशः २० करोड ६७ लाख, १५ लाख २० हजार र २ लाख ६० हजार रुपैयाँ बराबरको दावी परेको छ ।