logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • बीमा प्राधिकरणले कात्तिक २५ गतेबाट बीमा अभिकर्ता परीक्षा संचालन गर्दै

    बीमा प्राधिकरणले कात्तिक २५ गतेबाट बीमा अभिकर्ता परीक्षा संचालन गर्दै

    715
    SHARES
    बीमा प्राधिकरणले कात्तिक २५ गतेबाट बीमा अभिकर्ता परीक्षा संचालन गर्दै

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले यही कात्तिक २५गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ ।

     

    प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको कात्तिक २५ गते आइतबारबाट हुने अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

    प्राधिकरणले कात्तिक २५ गतेबाट कात्तिक ३० गतेसम्म परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त तालिम कात्तिक २५ गते आइतबार विहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २६ गते पनि विहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २७ गते दिउँसो १ बजेबाट २ः३० बजेसम्म, कात्तिक २८,२९ र ३० गते संचालन गर्ने परीक्षा विहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक २४, शनिबार
  • सम्बन्धित समाचार