logo

२०८२ बैशाख ७ शनिबार

logo
  • शनिबार, ७ बैशाख २०८२
  • साउदीका घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता फेर्न पाउने

    साउदीका घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता फेर्न पाउने

    221
    SHARES
    साउदीका घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता फेर्न पाउने

    काठमाण्डौ । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता फेर्न पाउने भएका छन् । साउदी अरेबिया सरकारले २ महिनाको समय (ग्रेस अवधि) दिएर निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी नीति बनाएको छ ।

    साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको छ । त्यहाँको मानव संशाधन मन्त्रालयले घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था गरेको छ ।

    यस्तै कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।


    अर्थ चौतारी
  • शनिबार, २४ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved