images

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्कमा १२४% छलाङ, नाफा बढ्यो १३.७३ प्रतिशत

images
images

काठमाण्डौ । राष्ट्रि बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १३.७३ प्रतिशत बढेको देखिन्छ ।

असोज मसान्तसम्म कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२४ प्रतिशत बढेको हो । ं

असोजसम्म कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ लाख ३४ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४६१ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १६ करोड १८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १० करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष कोषमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ९४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा विशेष कोषमा २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३० प्रतिशतले बढी हो ।

कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५८.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२२३.५२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ३०२.६३ गुणा रहेको छ ।