images

एमालेले जथाभावी फोहोर गरेपछि महानगरको १ लाख जरिवाना

images
images

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । काठमाण्डौ महानगरपालिका कार्यालयले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई एक लाख रूपैयाँ नगद जरिवाना गरेको छ।

सार्वजनिक स्थानमा फोहोर मैला गरी वातावरण प्रदुषित बनाएको भन्दै महानगरपालिका कार्यालयले एमालेलाई जरिवाना गरेको हो।

शुक्रबार एमालेले दरमार्गको सडकमा प्रदर्शन र भाषणबाजी कार्यक्रम गरेको थियो। कार्यक्रममा सहभागि र आयोजकहरूले पार्टीको झण्डा, कागजपर्चा, पानीका रित्तो बोटल र प्लाष्टिक झोला लगायतका फोहोर जथाभावी सडकभर छरे पनि कार्यक्रम समापन भएपछि संकलन गरेर सफा चिटिक्क दरबारमार्गलाइ यथावस्थामा ल्याएनन् । लापरवाहीपूर्वक सार्वजनिक स्थलमा फोहोरमैला गरेको भन्दै महानगरपालिकाले पहिलो पटक राजनीतिक दललाइ नगद जरिवाना गरेको हो।