images

डिजिटल बैंकिङ्गमा फड्को, ऋण लिन बैंक आउन नपर्ने प्रणालीको विकास भइसक्योः डिसीईओ पोखरेल

images
images

काठमाण्डौ । ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलले नेपनलले डिजिटल बैंकिङ्गमा ठूलो फड्को मारेको बताएका छन् ।

उनले काठमाण्डौ फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह–आयोजनामा भएको ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४’ को ‘नेपाली बैंकहरूमा डिजिटल रूपान्तरण’ सत्रलाई सम्बोधन गर्दैछोटो समयमा नेपालको बैंकिङ्ग क्षेत्रले डिजिटल बैंकिङ्गमा ठूलो फड्को मारेको उल्लेख गरेका छन् ।

डिसीईओ पोखरेलले बैंक तथा वित्तीय संस्थाले ‘डिजिटाइजेसन’लाई ध्यान दिँदै विभिन्न बैंकिङ्ग सेवाको लागि भौतिक उपस्थित हुन नपर्ने प्रणालीको विकास भएको बताए ।

उनले ग्लोबल आईएमई बैंकले ऋण लिन बैंक आउन नपर्ने प्रणालीको विकास गरिसकेको जानकारी गराएका हुन् । पोखरेलले ग्लोबल आईएमई बैंकले सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङ्गतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई अनलाइनबाटै प्रदान गर्न थालेको बताए ।

‘हामीले पहिले नै अन्य थुप्रै प्रविधिहरू भित्र्याइसकेका छौँ’ उनले भने, ‘हालसालै हामीले एउटा नयाँ उत्पादन सार्वजनिक गरेका छौँ । जसमा ग्राहकहरूले बैंकमा भौतिक उपस्थित नभई ऋणको आवेदन दिन सक्छन् ।’ डिसीईओ पोखरेलले ग्लोबल आईएमई बैंकले डिजिटलमा जोड दिँदै गर्दा ग्लोबल ‘बिजनेस प्लान प्लस’ मोबाइल ‘एप्लिकेशन’को पनि सुरुवात गरेको छ ।

‘हामीले डिजिटल ई–बुक सेटअप गरेका छौँ र हामी अन्य देशहरूमा पनि थप डिजिटल ई–बुक सेटअप गर्ने योजना बनाइरहेका छौँ’ उनले भने, ‘ई–बुकहरूमा सबै सेवाहरू डिजिटल छन् । हामी त्यो प्लेटफर्मलाई अप्टिमाइज गर्नको लागि प्रयास गर्दैछौं त्यस प्लेटफर्म मार्फत मोबाइल भोटिङ पनि सुरु गर्दैछौं ।’