logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    962
    SHARES
    नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ।

    बैंकले ४०औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १० गते बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय पारित गर्न मंसिर २७ गते बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सभा बस्दैछ।

    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ।

    अघिल्लो आर्थिक वर्ष २०७९।८० मा भने बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट