काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखेको शेयर र सोको मूल्य सम्बन्धी विवरणहरू भने खुलाएको छैन। यद्यपि यस सम्बन्धी विवरणका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
शेयर किन्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ। साथै यस समयसीमा भित्र संस्थापकबाट शेयर किन्न आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।