logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश, आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता

    मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश, आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता

    507
    SHARES
    मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश, आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता

    काठमाण्डौ । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको यस केलबार हाल १२ लाख यात्रुलाई सेवा दिँदै आएको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

    केबलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ । रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने केबलकारले जनाएको छ ।

    शनिबार २६औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाएको छ । २६औं वार्षिकोत्सवका उपलक्ष्यमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको योगदानबारे चर्चा गरिएको थियो । २६ वर्ष पुगिसकेको केबलकारको एनलग प्रविधिको मर्मतसम्भार गर्नुका साथै उक्त प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ ।

    लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि सामाजिक व्यावसायिक उत्तरदायी नीति अँगाल्दै यसअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नवर्ग जातिहरूलाई सहयोग गर्दै आएको मनकामना दर्शनले जनाएको छ ।

    सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १ प्रतिशतका दरले गोरखाको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको जनाएको छ ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट