काठमाण्डौ । सहरी क्षेत्रमा झिलिमिली हुने गरी सडकबत्ती बले पनि स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छैनन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१–८२ सम्ममा ३३८ वटा स्थानीय तहले कुल छ अर्ब ९३ करोड ८३ लाख ४३ हजार ७६९ रुपियाँ प्राधिकरणलाई तिर्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्थानीय तहले जनप्रतिनिधि आउनुभन्दा अघिदेखिको सडकबत्तीबापतको बक्यौता रकम तिर्न बाँकी रहेको बताए। बक्यौता रकम नतिर्ने स्थानीय तहमा गाउँपालिकादेखि महानगरपालिकासम्म छन् ।
सडकबत्तीबापतको सबैभन्दा धेरै रकम तिर्न बाँकी काठमाडौँ महानगरपालिकाको छ । महानगरपालिकाकाले मात्र एक अर्ब ८५ करोड ८३ लाख १२ हजार ६०० रुपियाँ प्राधिकरणलाई भुक्तानी दिन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गोरखापत्रमा खबर छ ।
file image