logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र

    विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र

    1.4K
    SHARES
    विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र

    काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केही जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकहरूलाई विद्युत् खरिद बिक्री (पीपीए) को रकमबाट डेडिकेटड तथा ट्रंक लाइनको महसुल असुल गर्ने पत्र पठाएका छन् ।

    प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेका उद्योगका सञ्चालकहरू भएको जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकहरूलाई पत्र पठाएको जानकारी गराएको छ । महसुल बाँकी रहेका सञ्चालकहरूको जलविद्युत् तथा सौर्य ऊर्जाबाट उत्पादित विद्युत् खरिदको रकम क्रमशः कटाउँदै जाने प्राधिकरणले बताएको छ ।

    प्राधिकरणको पत्रमा ‘नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ (क) बमोजिम असुलउपर गर्न सक्ने व्यवस्था भएकाले लगानी भएको कम्पनीबाट बक्यौता असुल गर्नको लागि विद्युत् खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमशः कट्टा गरी बक्यौता असुलउपर गरिने’ उल्लेख छ ।

    विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाउन थालेको छ ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट