logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • मौद्रिक नीतिकाे समिक्षा सार्वजनिकः पुरानै रणनीतिलाई निरन्तरता

    मौद्रिक नीतिकाे समिक्षा सार्वजनिकः पुरानै रणनीतिलाई निरन्तरता

    741
    SHARES
    मौद्रिक नीतिकाे समिक्षा सार्वजनिकः पुरानै रणनीतिलाई निरन्तरता

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कुनै नयाँ नीतिगत परिवर्तन नगरी पुरानै रणनीतिलाई निरन्तरता दिएको छ। व्यवसायी, बैंकर्स र शेयर बजारका लगानीकर्ताले नीतिमा थप लचकता माग गरिरहे पनि केन्द्रीय बैंकले यथास्थितिमा चल्ने निर्णय गरेको हो।

    शुक्रबार सार्वजनिक गरिएको त्रैमासिक समीक्षामा अर्थतन्त्रको मौजूदा अवस्था, विदेशी विनिमय सञ्चितिको स्थिति, र मुद्रास्फीतिको विश्लेषणका आधारमा सावधानीपूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले आफ्नो रणनीति मूल्य स्थिरता, बाह्य क्षेत्रको स्थायित्व, र आर्थिक गतिविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सरकारको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सघाउने उद्देश्यका साथ अघि बढाएको जनाएको छ।

    पुरानै दरलाई निरन्तरता

    समीक्षामा मौद्रिक नीतिका मुख्य दरहरू यथावत राखिएका छन्। नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोरको तल्लो सीमा (निक्षेप संकलन दर) ३ प्रतिशत, र माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशत कायम गरिएको छ। यसले गर्दा वर्तमान मौद्रिक नीति थप लचिलो हुने अपेक्षा गरिएको छ।

    विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति

    विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। विप्रेषण आप्रवाहमा सुधार र वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्यामा वृद्धि भइरहेकाले आगामी महिनाहरूमा पनि सञ्चिति सुदृढ हुने अपेक्षा गरिएको छ।

    मुद्रास्फीति ५ प्रतिशतको लक्ष्यभित्र रहने प्रक्षेपण गरिएको छ, जसमा पहिलो त्रैमासमा औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ।

    निजी क्षेत्रको कर्जा र विस्तृत मुद्राप्रदाय

    केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेकोमा असोज मसान्तसम्म ६.२ प्रतिशत मात्र वृद्धि भएको छ। विस्तृत मुद्राप्रदायमा भने १३.३ प्रतिशतको वृद्धिले लक्ष्यमाथि पुगेको छ।

    अपेक्षामा परेको निराशा

    विशेषगरी शेयर बजारका लगानीकर्ताहरूले यस समीक्षाबाट ठूला नीतिगत सुधारको अपेक्षा गरेका थिए। बजारलाई चलायमान बनाउन थप लचिलो नीतिको आवश्यकता महसुस गरिए पनि राष्ट्र बैंकले सावधानी अपनाउँदै कुनै नयाँ कदम नचाल्ने निर्णय गरेको छ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट