काठमाण्डौ । नेपाल स्टक एक्सजेन्स (नेप्से) मा दुई लघुवित्त कम्पनीहरुको शेयरमूल्य समायोजना भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको बोनश शेयरमूल्य समायोजन भएको हो ।
बिहीबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनश शेयर प्रतिकित्ता २९२४ रुपैयाँका दरले समायोजन भएको छ । कारोबार बन्द हुनु अघि कम्पनीको शेयरमूल्य ३३२७ रुपैयाँ रहेको थियो ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३ प्रतिशत बोनश शेयरमूल्य प्रतिकित्ता १३५२ रुपैयाँका दरले समायोजन भएको छ ।