images

एशियन लाइफ विराटनगर शाखाद्वारा ४ लाख ७५ हजार रुपैयाँ घातक रोग दाबी भुक्तानी

images
images

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले एक कार्यक्रम आयोजना गरी धनपालथान ०१, मोरङका बीमित दिपेन्द्र कुमार मण्डललाई ४ लाख ७५ हजार रुपैयाँको घातक रोग दाबी रकम हस्तान्तरण गरेको छ।

मण्डलले २०८० असार ९ गते दम्पती जीवन बीमा योजनामा ५ लाख रुपैयाँको बीमा गरेका थिए। बीमाको ८ महिनापछि नै दुवै मृगौलाले काम गर्न छाडेपछि उनलाई घातक रोगको दाबी रकम प्रदान गरिएको हो।

मंसिर १३ गते आयोजित कार्यक्रममा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारी, सिनियर व्यवसाय प्रबन्धक अर्जुन कुमार मेहता र सक्रिय अभिकर्ता रविन्द्र मण्डलले संयुक्त रूपमा ४ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता स्पष्ट पार्दै जीवनमा हुने अप्रत्याशित घटनाहरू तथा प्राणघातक रोगहरूका लागि बीमा संरक्षण अत्यन्तै आवश्यक रहेको बताए। उनले एशियन लाइफ इन्स्योरेन्सले घातक रोगहरूको उपचार खर्च मात्र नभई मृत्युदाबी तथा अन्य दाबीहरू पनि समयमै उपलब्ध गराउँदै आएको जानकारी गराए। उनले बिमालाई आर्थिक सुरक्षाको माध्यम बनाउँदै सुनौलो भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

सिनियर व्यवसाय प्रबन्धक अर्जुन कुमार मेहताले बीमाको अर्थ, महत्व र आवश्यकता स्पष्ट पार्दै जीवन बीमाका योजनाहरूले जनताको जीवनस्तर उकास्न महत्वपूणर् योगदान पुर्‍याइरहेको उल्लेख गरे। उनले बीमा अभिकर्ताहरूको दक्षता र क्षमता वृद्धि गर्दै सही सूचना जनतामा पुर्याउन आवश्यक रहेको र यस कार्यमा आफू पनि सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सक्रिय अभिकर्ता रविन्द्र मण्डलले बीमितको बीमाको प्रक्रियाबारे जानकारी गराउँदै बीमा योजनाबाट प्राप्त हुने फाइदाहरूको बारेमा स्पष्ट पारेका थिए। कार्यक्रममा बीमा कम्पनीले समयमै छरितो रूपमा दाबी भुक्तानी उपलब्ध गराउने परम्परा कायम राख्दै आएको बताइएको थियो।