logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • सिईडिबि होल्डिङ्सले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    सिईडिबि होल्डिङ्सले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    1.1K
    SHARES
    सिईडिबि होल्डिङ्सले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाण्डौ । सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ ।

    कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सिईडिबि होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।

    कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ शेयरबराबर नयाँ ०.५४५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि निष्कासन गर्न लागेको हो ।

    हकप्रद निष्कासन सम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १४, शुक्रबार
  • सम्बन्धित समाचार