logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • टेलिकमको एनपीएल क्रिकेट धमाकाः ६९९ रुपैयाँमा नै ३०० जीबी डेटा, के के छन् अफर ?

    टेलिकमको एनपीएल क्रिकेट धमाकाः ६९९ रुपैयाँमा नै ३०० जीबी डेटा, के के छन् अफर ?

    767
    SHARES
    टेलिकमको एनपीएल क्रिकेट धमाकाः ६९९ रुपैयाँमा नै ३०० जीबी डेटा, के के छन् अफर ?

    काठमाण्डौ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गरी खेलप्रेमीहरूको लागि ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ। मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको विशेष ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा यो योजना घोषणा गरेका हुन्।



    यो योजनाअन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताले रु ६९९ मा ३०० जीबी डेटा पाउनेछन्, जसमा प्रतिदिन १० जीबीको सीमाभित्र प्रयोग गर्न सकिनेछ। १० जीबी समाप्त भए पनि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा उपलब्ध हुनेछ। त्यस्तै, रु। ४९९ को अर्को योजनामा १५० जीबी डेटा प्रदान गरिनेछ, जसमा प्रतिदिन ५ जीबी डेटा प्रयोगपश्चात् २ एमबीपीएसको अनलिमिटेड डेटा सुविधा हुनेछ। पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समावेश गरिएको यो योजना ३० दिन र प्रिपेडका लागि २८ दिनको हुनेछ।

     

    यो डेटा प्याक मंसिर १४ देखि पुस ६ गतेसम्म नेपालभर उपलब्ध हुनेछ। ग्राहकले यो सेवा मोबाइलबाट ८१११ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी खरिद गर्न सक्नेछन्।

    कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले सबै खेलप्रेमीहरूले एनपीएलका खेलहरूलाई आफ्नो मोबाइल डिभाइसमा सस्तो दरमा सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याइएको बताइन्। टेलिकमले किर्तिपुरस्थित खेल मैदानमा सम्भावित भिड व्यवस्थापनका लागि स्मल सेल उपकरणहरू जडान गर्नुका साथै क्यानको अनुरोधमा मिडिया सेन्टरका लागि १ जीबीपीएस क्षमताका दुई ‘एफटीटीएच’ लाइन निःशुल्क उपलब्ध गराएको छ।

    नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। यस योजनाले खेलप्रेमीहरूलाई उच्च गतिको डेटा अनुभव गराउँदै खेलप्रतिको लगावलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

     


    अर्थ चौतारी
  • शुक्रबार, १४ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved