logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता

    जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता

    312
    SHARES
    जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टायल्स विगत ३ वर्षदेखि उत्पादन गर्दै आएको छ ।

    नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टायल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ ।

    हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

    समारोहमा नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले भने , ‘नेपोभिट टायल्सलाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ ।’


    अर्थ चौतारी
  • शुक्रबार, १४ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved