logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

    सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

    286
    SHARES
    सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ ।

    सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामा हत्ताक्षर गरे ।

    उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ ।

    रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको बताए । त्यस्तै, सलिकोका सीई‌ओ क्षेत्रीले सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिंगो सलिको परिवार अत्यन्तै हर्षित भएको कुरा बताए ।

    क्षेत्रीले एनपीएलको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामनासमेत व्यक्त गरे ।


    अर्थ चौतारी
  • शनिबार, १५ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट