logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • नेपाल लाइफद्वारा धौलागिरीका ६ शाखामा अभिकर्ता तालिम सञ्चालन

    नेपाल लाइफद्वारा धौलागिरीका ६ शाखामा अभिकर्ता तालिम सञ्चालन

    806
    SHARES
    नेपाल लाइफद्वारा धौलागिरीका ६ शाखामा अभिकर्ता तालिम सञ्चालन

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धौलागिरी क्षेत्रका ६ शाखामा अभिकर्ताहरूका लागि तालिम सम्पन्न गरेको छ। गण्डकी प्रदेश कार्यालयको आयोजनामा बागलुङ, कुश्मा, बुर्तिवाङ, गल्कोट, बेनी र हातेमालो शाखाका ३ सयभन्दा बढी अभिकर्ताले यो तालिममा सहभागिता जनाएका छन्।

    तालिमको क्रममा नेपाल लाइफका नेशनल सेल्स हेड उमापति पोखरेलले बीमा जोखिम व्यवस्थापनको कानूनी प्रक्रिया भएकाले यसबारे समाजलाई सूचित गर्न र सक्रिय भएर बीमाको प्रवर्द्धन गर्न अभिकर्तालाई आग्रह गरे।

    कार्यक्रममा नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष रामशरण पोखरेलले कम्पनी, अभिकर्ता र बीमितबीचको सहकार्यले बीमा व्यवसायलाई मजबुत बनाएको बताए। गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले यो तालिम अभिकर्ताहरूलाई व्यवसाय वृद्धिमा थप सक्रिय बनाउन आयोजना गरिएको बताए।

    प्रत्येक शाखामा आयोजित छुट्टाछुट्टै तालिममा नेशनल सेल्स हेड पोखरेल र प्रदेश प्रमुख अधिकारीको सहभागिता रहेको थियो। साथै, उत्कृष्ट व्यवसायिक प्रदर्शन गरेका अभिकर्ताहरूलाई प्रथम, दोस्रो र तेस्रो स्थानमा पुरस्कृत गरेर सम्मान पनि गरिएको कम्पनीले जानकारी दिएको छ।

    यस तालिमले अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्दै बीमा व्यवसायममा नयाँ ऊर्जा थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १६, आइतबार
  • सम्बन्धित समाचार