काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गण्डकी–धवलागिरी क्षेत्रका उत्कृष्ट २६२ जना अभिकर्ताका लागि पोखरामा सिप विकास कार्यशाला आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीका डेपुटी सिइओ निराजन कंडेलले अध्ययन र प्रशिक्षणको महत्त्वबारे चर्चा गर्दै सैद्धान्तिक र विषयगत ज्ञानले दीर्घकालीन फाइदा पुर्याउने बताए। साथै उनले उत्प्रेरणा रमाइलो कार्यक्रम मात्र नभई गहन अध्ययनमा पनि ध्यान दिन अभिकर्ताहरूलाई प्रेरित गरे।
कार्यशालामा चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र सन्दीप कसजुले सहजीकरण गरेका थिए। कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ९ जना अभिकर्तालाई सम्मान गरिएको पोखरा रिजनका क्षेत्रीय प्रबन्धक विनोद त्रिपाठीले बताए।
कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक त्रिपाठीले राखेका थिए भने कार्यक्रम सञ्चालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेकी थिइन्। यो कार्यशालाले अभिकर्ताहरूको सिप अभिवृद्धि गर्दै व्यवसायिक दक्षता विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times