logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच छुट प्रदान गर्ने सम्झौता

    नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच छुट प्रदान गर्ने सम्झौता

    663
    SHARES
    नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच छुट प्रदान गर्ने सम्झौता

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीलाई काठमाडौंको डिल्लीबजारमा रहेको सिद्धि पोली प्याथ ल्याब प्रालीद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी एवम् सेवाग्राहीले सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

    बैंकका कर्मचारी एवम् सेवाग्राहीले क्लिनिकबाट प्रदान गरिने बायोकेमिस्ट्री, हेमाटोलोजी, इन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्स प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको परीक्षण, डिजिटल एक्स(रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट