काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा टिका निधि लोहनी दोहोरीएका छन् । उनी दोस्रो कार्यकालका लागि कम्पनीको सीइओ नियुक्ति भएका हुन् ।
कम्पनीको गत शुक्रबार (मंसिर १४ गते) बसेको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लागि पुनः सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उनको पहिलो कार्यकाल मंसिर १४ गते नै सकिएको थियो । तर, हिजो अर्थात् मंसिर १५ गतेदेखि नै लागू हुने गरि लोहनी सीइओमा नियुक्त भएका हुन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times