काठमाण्डौ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले महानिरीक्षकद्वय कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times