काठमाण्डौ । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट ४० जना योग्य भएका छन् ।
नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरि सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् ।
कम्पनीका अनुसार कोशी प्रदेशबाट २ जना, मधेसबाट १ जना, बागमतीबाट १७ जना, गण्डकीबाट ५ जना, लुम्बिनीबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना छनौट भएका हुन।
तीमध्ये २ जना भने कोर्ट अफ द टेबल (सीओटी) बनेका छन् । कम्पनीका अनुसार गौरवकुमार शाही र दिपक सापकोटा सीओटीका लागि योग्य भएका छन् । यद्यपि, शाही भने दोस्रो पटक छनौट हुन सफल भएका हुन् ।
एमडीआरटीका लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका छन् । ती अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बधाइ समेत ज्ञापन गरेका छन् । सीइओ खत्रीले कम्पनीसंग आबद्ध भएका हजारौ कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति पनि कृतज्ञता व्यक्त गरे । आगामी दिनमा उत्कृष्टता हाँसिल गर्न सीइओ खत्रीले आग्रह गरेका छन ।
सूर्यज्योतिको हाल चु्क्ता पूँजी ५ खर्ब १ करोड रुपैयाँ छ । कम्पनीको कुल लगानी ४१ अर्ब ५२ करोड, जीवन बीमा कोष ३६ अर्ब ५ करोड छ ।
हाल कम्पनीको जारी बीमालेख संख्या ३१ लाख, प्रशिक्षित अभिकर्ता संख्या ९९ हजार ५४५ छन । देशभर रहेका १७६ शाखा संजालद्वारा सेवा प्रदान गरी रहेको छ । बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी हो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times