काठमाण्डौ । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख १० हजार २६९ मेट्रिक टन रासायनिक मल आयात भएको हो ।
चालु आर्थिक वर्षमा मन्त्रालयले ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । सो मध्ये २ लाख १० हजार २६९ मेट्रिक टन रासायनिक मल आयात भएको हो । कृषि सामाग्री लिमिटेडले १ लाख ८१ हजार ५२३ मेट र साल्ट ट्रेडिङ कम्पनीले २८ हजार ७४५ मेट रासायनिक मल आयात गरेको मन्त्रालयले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times