logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • आधार दर घट्को घट्यै: न्यून ब्याजदरमै ऋण दिन बैंकहरु तयार, सर्वसाधारणमा छैन् चासो

    आधार दर घट्को घट्यै: न्यून ब्याजदरमै ऋण दिन बैंकहरु तयार, सर्वसाधारणमा छैन् चासो

    182
    SHARES
    आधार दर घट्को घट्यै: न्यून ब्याजदरमै ऋण दिन बैंकहरु तयार, सर्वसाधारणमा छैन् चासो

    काठमाण्डौ । बाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घटीरहेको छ । पछिल्लो एक वर्षको अवधिमा नै बेसरेट दुई प्रतिशत बिन्दुले घटेको छ ।

    गत वर्षको पुस महिनामा २० वटा बैंकहरुको औसत आधार दर ९.१३६ प्रतिशत रहेको थियो । तर, एक वर्षको अवधिमा भने २.१२१ प्रतिशत बिन्दु घटेको छ । यो वर्षको पुसमा भने औसत आधार दर ७.०१५ प्रतिशत बिन्दुमा आइपुगेको छ ।

    अघिल्ला वर्षहरुमा बैंकहरुको आधार दर दोहोरो अंकमा रहेको थियो । तर, वर्तमान अवस्थामा भने एकल अंकको पनि न्युन बिन्दुमा झरिरहेको छ । केही बैंकको आधार दर साढे ५ प्रतिशत बिन्दुका लाइनमा आइपुगेको छ ।

    अहिले बैंकहरुको आधार दर महिनैपिच्छे घटीरहेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर घटेको हो । आधार दर घट्दा कर्जाको ब्याजदर पनि सस्तो हुने गर्छ, बढ्दा भने कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । बैंकहरुले कर्जाको प्रकृति अनुसार भने फरक हुन्छ, हाल बैंकहरुले आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । तर, बैंकहरुले कर्जा लगानी विस्तारका लागि कम प्रिमियम तोकका छन् ।

    कर्जाको ब्याजदर घट्दा ऋणीलाई फाइदा पुग्छ । व्यवसायिक तथा व्यक्तिगत कर्जामा लागत कम हुन्छ । उद्यमी तथा व्यवसायीहरुलाई ऋण लिएर नयाँ लगानी विस्तार गर्न सहज हुन्छ ।

    बैंकहरुको ब्याजदर घटेपनि कर्जा माग भने बढ्न सकेको छैन । कर्जा विस्तार न्युन हुँदा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छ । अझै पनि आर्थिक शिथिलता कायमै रहेका कारण कर्जाको माग बढ्न सकेको छैन । बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा लगानी गर्न चाहे पनि सर्वसाधारणबाट भने कुनै माग नभएको बताइन्छ । विशेषगरि घर कर्जा आधार दरमै दिन तयार हुँदा पनि सर्वसाधारणले चासो नदेखाएको बैंकरहरु बताउँछन ।

    विभिन्न स्किम मार्फत बैंकहरुले न्युन ब्याजदरमै कर्जा लिन आग्रह गरिरेका छन् । घर कर्जा, व्यवसायिक कर्जा, व्यक्तिगत कर्जा लगायत विभिन्न क्षेत्रमा आधार दरमै ऋण लगानी गर्न तयार हुँदा पनि सर्वसाधारणले चासो नदेखाएको बैंकहरुको भनाई छ । आर्थिक गतिविधि चलायमान नहुँदा पनि कर्जा प्रवाह सुस्ताएको उनीहरु बताउँछन् ।

    कुन बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्छ ?
    अब पुस महिनाको आधार दर (बेस रेट) को आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण उपलब्ध गराउन सक्ने देखिन्छ । हाल बैंकको बेस रेट ५.३८ प्रतिशत छ । यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि एकल अंकको ब्याजदरमै ऋण दिन सक्ने अवस्थामा छ । बैंकको आधार दर ५.८५ प्रतिशत बिन्दुमा पुगेको छ ।

    यस्तै, एभरेष्ट बैंकको आधार दर ६.१५ प्रतिशत, नेपाल बैंकको ६.३९ प्रतिशत, नबिलको ६.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.८ प्रतिशत, कृषि विकासको ६.९४ प्रतिशत छ । पुस महिनामा सबैभन्दा धेरै आधार दर हुने एनआइसी एशिया बैंकको ८.०४ प्रतिशत छ । हाल ग्राहकले बाग्रेनिङ्ग गर्न सकेमा बैंकहरुले आधार दरमै कर्जा दिन सक्ने अवस्थामा छन् ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट