logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • क्यानले माग्यो १७ कर्मचारी

    क्यानले माग्यो १७ कर्मचारी

    286
    SHARES
    क्यानले माग्यो १७ कर्मचारी

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो ।

    योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

    दरखास्त फारामसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आफूले प्राप्त गरेको उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणित प्रतिलिपिहरूका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेस गर्न आग्रह गरिएको छ ।

    222

     


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट