logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • कृषि अनुदान दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्ने चेतावनी

    कृषि अनुदान दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्ने चेतावनी

    325
    SHARES
    कृषि अनुदान दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्ने चेतावनी

    बुटवल । नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग रोक्न कडा कदम चाल्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरूको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।

    किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृत्ति बढ्दै गएको भन्दै उनले बिचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने धारणा राखे । उनले किसानको हक अधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाँठ नगर्ने बताए ।

    कृषिमा यान्त्रीकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने तिमिल्सिनाले जिकिर गरे । आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह गरे । बिक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन उनको अनुरोध थियो ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट