काठमाण्डौ । र्यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि तोकिएको शर्त पालना नगरेको भन्दै लाइसेन्स खारेज गरिदिएको हो ।
कम्पनीले २०७६ मंसिर १९ गते प्राधिकरणबाट इ–मेलसहितको इन्टरेनट सेवाका लागि लाइसेन्स प्राप्त गरेको थियो । तर, नविकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकाले लाइसेन्स खारेज भएको हो । प्राधिकरण अनुसार दुरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम लाइसेन्स रद्द भएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times