logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • सिबिफिन अध्यक्षमा उपेन्द्र पौडेल दोहोरिने

    सिबिफिन अध्यक्षमा उपेन्द्र पौडेल दोहोरिने

    234
    SHARES
    सिबिफिन अध्यक्षमा उपेन्द्र पौडेल दोहोरिने

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने भएका छन् । शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो । दुई वर्षे कार्यकाल पूरा गरेको पौडेल सिबिफिनमा पुनः दोहोरिन लागेका हुन् ।

    सिबिफिनमा समूह ‘क’ अन्तर्गत पूर्वाधार बैंकसहित वाणिज्य बैंकबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष १/१ जना सदस्य ७ सहित १० जना रहने व्यवस्था छ । यस्तै समूह ‘ख’ अन्तर्गन विकास बैंकबाट वरिष्ठ उपाध्यक्ष १, सचिव १ र सदस्य २ सहित ४ जना रहने व्यवस्था छ । यस्तै समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीबाट उपाध्यक्ष १, सहकोषाध्यक्ष १ र सदस्य १ सहित ३ जना रहने व्यवस्था छ ।

    शुक्रबार हुने निर्वाचनले अध्यक्ष सर्वसम्मत चयन गर्ने तयारी गरेको भएपनि अन्य पदका पदाधिकारी भने हेरफेर गर्ने भएको छ ।
    शुक्रबार हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन र मतदाता नामावली उपर उजुरी बुधबार नै सकिएको छ ।

    आज उजुरीउपर निर्णय गर्नुका साथै अन्तिम नामावली प्रकाशन हुने छ । शुक्रबार उम्मेदवारी दर्ता, दावी बिरोधका साथै अन्तिम नामावली प्रशाकन, निर्वाचन अलफ्ट होटल छाँयादेवी कप्लेक्समा हुनेछ ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट