काठमाण्डौ । सानिमा बैंकका ग्राहकले बिगमार्टमा क्यासब्याक पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो ।
काठमाण्डौ उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर रहेका बिगमार्टका १ सय ७ वटा आउटलेटमा सानिमाका ग्राहकले बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् । सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ । यो योजना एक वर्षसम्म चल्नेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटीएम सञ्चालनमा छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times