logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार

    सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार

    247
    SHARES
    सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार

    काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.६९ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

    आज ३१५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ । प्रभु महालक्ष्मीको ४६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    साथै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डिस्टीलरीको ११ करोड ७८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट