logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : महामन्त्री थापा

    भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : महामन्त्री थापा

    156
    SHARES
    भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : महामन्त्री थापा

    काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रश्ताव गरका छन् ।

    बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रुपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रश्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको जानकारी दिए ।

    फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रुपमा प्रयोग गर्ने गरेको बताए । फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शिर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको जानकारी दिए ।

    ‘भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो । फाइल खोल्ने फाइल खोल्ने भन्ने विषय मात्र कसरि आयो भने कहिले सरकारमा बसेको मान्छेले म फाइल खोलिदिन्छु भन्ने, कहिले सरकारबाट बाहिर गएको मान्छेले मैले फाइल खोलिदिन लागेको थिएँ त्यसकारणले यस्तो भयो भन्ने भयो । बाहिर बसेका मान्छेलाई फाइल कसले खोल्छ ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? हामीले त अख्तियारले फाइल खोल्ने कानून बनाउँदैछौं’, उनले भने ।

    उनले शेरादरबार, ललितानिवास, गिरिबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइलहरु खोल्नुपर्ने धारणा राखे ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट