logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

    कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

    559
    SHARES
    कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

    काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । आज सिहंदरबारस्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायल बिच ६५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मुलुक बिच भएको कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरेका हुन् ।



    मन्त्री अधिकारीले नेपाल र इजरायलबिच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाऊ र सिक’ कार्यक्रमले नेपाली युवाहरूलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे । इजरायलले नेपाली विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरूप सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि क्षेत्रहरूको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरे ।

    करिब ५ हजार नेपालीहरू हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे । त्यस क्रममा राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए ।

    राजदूत वासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदूत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देश बिच भएका सहमतिहरूको कार्यान्वयनमा आफूले ध्यान दिने पनि राजदूत बासले बताए ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved