logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • ब्लेस्ड चिल्ड्रेन होममा ह्युन्डाईको सहयोग

    ब्लेस्ड चिल्ड्रेन होममा ह्युन्डाईको सहयोग

    260
    SHARES
    ब्लेस्ड चिल्ड्रेन होममा ह्युन्डाईको सहयोग

    काठमाण्डाै । हेटौंडाको ब्लेस्ड चिल्ड्रेन्स होमलाई ह्युन्डाइले सहयोग गरेको छ । चिल्ड्रेन होमका बालबालिकाको शैक्षिक सहयोगका लागि हेटौंडा ह्विल्सले हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ पहल सुरु गरेको हो ।

    सोहीअन्तर्गत बालबालिकाको सिकाइ प्रक्रियालाई प्रविधिसँग जोड्नका लागि एक थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ । यो सहयोगले बालबालिकालाई आधुनिक प्रविधिको पहुँच प्रदान गर्दै डिजिटल शिक्षामा योगदान पु¥याउने उद्देश्य राखेको छ । कम्प्युटरको माध्यमबाट बालबालिकाले थप शैक्षिक स्रोतहरूको पहुँच पाउने मात्र होइन, डिजिटल साक्षरता सुधार गर्दै विश्वसँग जोडिन पनि सक्षम हुनेछन् ।

    हेटौंडा ह्विल्सले स्थानीय समुदायलाई सहयोग गर्दै सामाजिक विकासमा योगदान पु¥याउन प्रतिबद्धता व्यक्त गरेको छ ।


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट