काठमाण्डाै । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३१ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ५२ रुपैयाँ कायम भएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times