काठमाण्डौ । महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । उक्त संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयरको बाँडफाँट गरिएको हो ।
पुस ५ गतेदेखि पुस ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको उक्त सेयर ४७ हजार ५४४ जनालाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता सेयर बाँडफाँट गरिएको हो ।
त्यस्तै, २० देखि एक हजार कित्ता आवेदन दिइ बाँडफाँडमा पर्नेे ४ हजार ८२० जना आवेदकमध्येबाट ९ जनालाई थप १÷१ कित्ता र एक जनालाई थप ०.१५ कित्ता गरी बाँडफाँट गरिएको धितोपत्र निष्कासन तथा क्रिी प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीको शेयर हाल १ हजार ४८५ रुपैयाँमा बिक्री भइरहेको छ । यो हिसाबले १० कित्ता सेयर पाउनेलाई १३ हजार ४८५ रुपैयाँ नाफा भएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times