logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • कोइकाले गण्डकी प्रदेशमा ९ मिलियन अमेरिकी डलरको गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गर्ने

    कोइकाले गण्डकी प्रदेशमा ९ मिलियन अमेरिकी डलरको गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गर्ने

    156
    SHARES
    कोइकाले गण्डकी प्रदेशमा ९ मिलियन अमेरिकी डलरको गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गर्ने

    काठमाण्डौ । गण्डकी प्रदेशमा ९ मिलियन अमेरिकी डलरको लगानीमा गण्डकी प्राविधिक प्रतिष्ठान बन्ने भएकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा प्राविधिक प्रतिष्ठान बन्ने भएकाे हाे ।

    कोइका र प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठानअन्तर्गत गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास’ परियोजनाको लागि सहमतिमा हस्ताक्षर गरे ।

    सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालका कन्ट्री डाइरेक्टर मुहन कोङ्ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा हस्ताक्षर भएको हो ।

    यस परियोजनाको लागि कोरिया सरकारले कोइकामार्फत ९ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजना २०२५ मा सुरु भई पाँच वर्षसम्म चल्नेछ । यस परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठान (जीटीईभीटीए)ले कार्यान्वयन गर्नेछन् ।

    साथै मुख्यमन्त्री पाण्डेले फेदीखोलामा जीटीईभीटीए भवनको शिलान्यास गरे । उक्त समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, कोइका नेपालका देशीय निर्देशक मुहन् कोङ् तथा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको उपस्थिति थियो ।

    प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजना अनुरूप २१ औं शताब्दीको घरेलु तथा विश्वव्यापी आवश्यकताहरू पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

    कोइकाले प्राविधिक संस्थान भवन निर्माणका साथै आवश्यक उपकरण, फर्निचर र सिकाइ सुविधासहितको कक्षा, कार्यशाला र महिला विध्यार्थी छात्रावास निर्माण गर्ने योजना बनाएको छ ।

    त्यसैगरी, कोइकाले स्थानीय आवश्यकता अनुसार छोटो अवधिको तालिम, संस्थानको सञ्चालन कार्ययोजना, करियर सर्भिस प्याकेज र उद्याेसँगको साझेदारीलाई पहिचान गर्न उक्त संस्थानको गुरु योजना विकासका लागि प्राविधिक सहयोग पनि प्रदान गर्नेछ ।

    कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि र ग्रामीण विकासका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १९ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट