logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवाद के हो ?

    इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवाद के हो ?

    910
    SHARES
    इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवाद के हो ?

    काठमाण्डौ । इजरायल जाने सहयोगी कामदारको स्वास्थ्य परीक्षणका सम्बन्धमा विवाद देखिएको छ । वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षणका लागि सूचीकृत नै नभएका पाँच वटा अस्पताल तोकेको भन्दै विवाद उत्पन्न भएको हो ।



    यस सम्बन्धनमा रिट दायर भएपछि उच्च अदालत पाटनले कारण देखाऊ आदेशका साथमा विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ । स्वास्थ्य परीक्षण संस्थामा संलग्न सूचीकृत व्यवसायीहरू रमेश आचार्य, कृष्ण प्रसाद बजगाईँ र नीराजन कँडेलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मीको एकल इजलासले कारण देखाऊ आदेशसहित लिखित जवाफ माग गरेको हो ।

    ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय, पाटन मार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नू’, अदालतको आदेशमा भनिएको छ ।

    साथै निवेदकले माग गरेअनुसार अन्तरिम आदेश दिने नदिने सम्बन्धमा निष्कर्षमा पुग्नका लागि पुस २२ गते अर्को पेसी तोकिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २० पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट