logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • सुनकोशीमा अस्थायी बेलिब्रिज जडान अन्तिम चरणमा

    सुनकोशीमा अस्थायी बेलिब्रिज जडान अन्तिम चरणमा

    247
    SHARES
    सुनकोशीमा अस्थायी बेलिब्रिज जडान अन्तिम चरणमा

    काठमाण्डौ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्ड जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

    उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको र २/४ दिनमा सञ्चालनमा आउने पूर्व सांसद तथा एमालेका नेता विशाल भट्टराईले जानकारी दिए । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने मोटरेबल पक्की पुल गत असोजको दोस्रो साता आएको बाढीले बगाएको थियो ।

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले गत मङ्सिर २८ गते निर्माण कम्पनीसँग भ्याटसहित १ करोड २९ लाख ४६ हजार ७७ लागतमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    सुनकोशीमा यसअघि प्रयोग गरिएको ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरिएको जनाइएको छ । बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सेवा विच्छेद भएको थियो।


    अर्थ चौतारी
  • आइतबार, २१ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट