logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्‍यो उजुरी

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्‍यो उजुरी

    104
    SHARES
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्‍यो उजुरी

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् ।

     

    ‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपत्रमा लेखिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’

     

    उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशाेधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको उल्लेख छ ।

     

    ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अध्यक्षमा नियुक्त भएदेखि उनको क्षमतामाथि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्।


    अर्थ चौतारी
  • आइतबार, २५ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved