logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • एक महिनापछि बाढीपहिरोको बीमा दाबी-भुक्तानीको तथ्यांक सार्वजनिक, कसको कति ?

    एक महिनापछि बाढीपहिरोको बीमा दाबी-भुक्तानीको तथ्यांक सार्वजनिक, कसको कति ?

    598
    SHARES
    एक महिनापछि बाढीपहिरोको बीमा दाबी-भुक्तानीको तथ्यांक सार्वजनिक, कसको कति ?

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत असोजको दोस्रो साता लगातारको वर्षापछि उत्पन्न बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी–भुक्तानीको तथ्यांक एक महिनापछि सार्वजनिक गरेको छ। बाढीपहिरोलगत्तै प्राधिकरणले आफैँले निर्जीवन बीमकहरुलाई बमिा दाबी भुक्तानीको विवरणको हरेक साता पठाउन निर्देशन दिएको थियो। तर, प्राधिकरणले गत माघ २३ गतेपछि एकैपटक फागुन २१ गतेसम्म बाढीपहिरोको दाबी–भुक्तानीको विवरण सार्वजनिक गरेको छ।

     

    प्राधिकरणका अनुसार फागुन २१ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२८ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म बीमकहरुले २ हजार ४७८ वटा दाबीको ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको २४.१७ प्रतिशतमात्र भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ। कम्पनीहरुले अझै १ हजार २८९ दाबीको ९ अर्ब ५ करोड १० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

     

    प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५१३ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ३४० वटा दाबीको ५८ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १६३ वटा दाबीको ११ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ।

     

    सगरमाथा लुम्बिनीले ४३१ वटा दाबीको १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ, शिखरले ४७० वटा दाबीको १ अर्ब १४ करोड ४९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५५ वटा दाबीको ९३ करोड ४१ लाख रुपैयाँ, एनएलजीले २१५ वटा दाबीको ८८ करोड ५६ लाख रुपैयाँ, सानिमा जीआईसीले २३२ वटा दाबीको ८७ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३१६ वटा दाबीको ८६ करोड ६ लाख रुपैयाँ र युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सगरमाथा लुम्बिनीले २६१ वटा दाबीको ३९ करोड ५५ लाख रुपैयाँ, शिखरले ४४५ वटा दाबीको ४७ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १५३ वटा दाबीको २५ करोड १६ लाख रुपैयाँ, एनएलजीले १२४ वटा दाबीको १४ करोड ६३ लाख, सानिमा जीआईसीले १३७ वटा दाबीको १८ करोड ३८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २३० वटा दाबीको २३ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोडले १५९ वटा दाबीको २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

     

    फागुन २१ गतेसम्म नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४७ करोड ६८ लाख रुपैयाँ, आईजीआई प्रुुडेन्सियलले ३०० दाबीको ४१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ३८ करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३६ वटा दाबीको ३२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेसनल इन्स्योरेन्सले २९ वटा दाबीको ४ करोड ६६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २३० दाबीको २६ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११५ दाबीको ५ करोड ४९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७१ वटा दाबीको ४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एउटा दाबीको ९ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

     

    त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्रोले ७ वटा दाबीको ८ लाख १८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख ७१ हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख २ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको २ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।


    अर्थ चाैतारी
  • २०८१ फागुन २५, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट