काठमाण्डौ । वाणिज्य बैंकहरूले १० महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को माघसम्ममा २० वटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १० महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत माघसम्म नबिलले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, नाफा गरेका छन् । १० महिनाको अवधिमा हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा गरेका छन् ।
अधिकांश बैंकले १० महिनाको अवधिमा अर्बभन्दा बढी नाफा गरेपनि विभिन्न आधा दर्जन बैंक भने करोड क्लबमै सीमित भएका छन् । जसमध्ये माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।
कुन वाणिज्य बैंकले कति राखे?
माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापन कोषमा २ अर्ब ८० करोड जम्मा हुँदा सबैभन्दा धेरै कुमारी बैंकको छ। खराबकर्जा ६.९६ प्रतिशत पुगेसँगै यो बैंकले ७ अर्ब १९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याएको छ। त्यस्तै दोस्रोमा रहेको एनआईएमबी बैंकको पनि ५.८६ प्रतिशत खराब कर्जा रहेकाले माघ मसान्तसम्म उसले ६ अर्ब ६ करोड रुपैयाँ छुट्याएको छ।
यस अवधिमा उच्च खराब कर्जा रहेका बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनमा सञ्चित रकम बढाएका छन्। यसमा खराब कर्जा ५.६७ प्रतिशत रहेको लक्ष्मी सनराइजले ३ अर्ब ६२ करोड कर्जा नोक्सानी व्यवस्थापन गर्दा ४.६१ प्रतिशत खराब कर्जा रहेको एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ, खराब कर्जा ४.९६ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३२ करोड र एनएमबी बैंकले ३ अर्ब १५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन गरेको छ।
योबाहेक नबिल बैंकले २ अर्ब १२ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन कोषमा राख्दा सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, प्रभु बैंकले २ अर्ब ६२ करोड, कृषि विकास बैंकले २ अर्ब ४५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि जम्मा गरेको छ। योबाहेक सिटिजन्स बैंकले १ अर्ब ९५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ६२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि राखेका छन्।
खराब कर्जा नियन्त्रण गर्न सफल देखिएका ५ बैंकले भने करोडमा कर्जा नोक्सानी व्यवस्थापन गरेका छन्। जसमा नेपाल बैंकले ५६ करोड रुपैयाँ कोषमा राख्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११ करोड, एभरेष्ट बैंकले ३४ करोड, माछापुच्छ्रे बैंकले ६५ करोड र प्राइम बैंकले ९८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेका छन्।