logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन्छः चन्द्र ढकाल

    उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन्छः चन्द्र ढकाल

    507
    SHARES
    उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन्छः चन्द्र ढकाल

    काठमाण्डाै । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा तुलनात्मक रुपमा उत्पादकता कम भएको भन्दै उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्ने बताए ।

    अर्को रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्र भएकाले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।

    उनले भने,‘नेपालमा तुलनात्मक रुपमा उत्पादकता वास्तबमै कम छ । उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्छ । साथै अर्को रोजगारी सिर्जना गर्ने भनेको रियल एक्टर भनेको नै प्राइभेट सेक्टर हो । हामीले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको चाँही वातावरण बनाउन आवश्यक छ । तब मात्र रोजगारी सिर्जना हुन्छ, तब मात्र सोचे अनुसारको पारिश्रमिक अथवा चाहे अनुसारको सेवा सुविधा दिनसक्ने हुन्छ ।’


    अर्थ चाैतारी
  • २०८१ फागुन २६, सोमबार
  • सम्बन्धित समाचार