logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

    अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

    104
    SHARES
    अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

    सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

     

    उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको रु ५३ करोड जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको बताए । यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो ।

     

    त्यसै आधारमा छुट मुआब्जावापत रु ५३ करोड आवश्यक पर्नेमा यसअघि रु २५ करोड मात्र प्राप्त भएको जनाइएको थियो । सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।


    अर्थ चौतारी
  • मंगलबार, २७ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved