logo

२०८१ चैत्र ७ शुक्रबार

logo
  • शुक्रबार, ७ चैत्र २०८१
  • खातामा पैसा नभए पनि भुक्तानी गर्न सकिने सेवामा नेपालीको बढ्दो ‘क्रेज’

    खातामा पैसा नभए पनि भुक्तानी गर्न सकिने सेवामा नेपालीको बढ्दो ‘क्रेज’

    65
    SHARES
    खातामा पैसा नभए पनि भुक्तानी गर्न सकिने सेवामा नेपालीको बढ्दो ‘क्रेज’
    काठमाण्डौ । खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सेवासहितको क्रेडिट कार्डको प्रयोगमा नेपालीको ‘क्रेज’ बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय विवरणमा नेपालीले कुल ६ अर्ब माथिको ऋण क्रेडिट कार्डबाट लिएको उल्लेख छ।
    माघ मसान्तसम्म आइपुग्दा नेपालीहरुले क्रेडिट कार्डबाट ६ अर्ब १२ करोड रुपैयाँ ऋण लिएका हुन्। गत वर्ष सोही अवधिमा ५ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए। चालू आवको सात महिनामा भने क्रेडिट कार्डबाट ७७ करोड रुपैयाँ ऋण लिएका हुन्। माघ मसान्तमा मात्रै क्रेडिट कार्डवाहकहरुले २ लाख ५१ पटकमा १ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेका छन्।
    सीमित शर्तसहित बैंकहरुले आफ्ना ग्राहकलाई प्रदान गर्ने उक्त कार्डबाट खातामा पैसा नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिन्छ। कार्डमा खर्च भएको रकम कार्डवाहकले निश्चित समयपश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको ब्याजसहित ऋण चुक्ता गर्नुपर्ने हुन्छ। कुनै वस्तु तथा सेवा खरिद गर्दा पैसा नभएको खण्डमा पनि सहजै भुक्तानी गर्न सकिने हुँदा पछिल्लो समय बैंकहरुले जारी गर्ने क्रेडिट कार्डको प्रयोग बढ्न थालेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २७ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved