logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • नेपाल मेडिकल कलेजले सञ्चालनमा ल्यायो शिशुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण

    नेपाल मेडिकल कलेजले सञ्चालनमा ल्यायो शिशुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण

    117
    SHARES
    नेपाल मेडिकल कलेजले सञ्चालनमा ल्यायो शिशुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण

    काठमाण्डौ । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।

    सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि ओएई उपकरण महत्वपूर्ण हुने बताए । बच्चा जन्मिएपछि श्रवण क्षमताको परीक्षण गरे जन्मजातै सुन्न नसक्ने अपाङ्गता नियन्त्रणमा टेवा पुग्ने प्रा.डा. अन्सारीले बताए ।

    ‘सरकारले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिङ्, निर्देशिका २०८१ स्वीकृत गरेको छ । सरकारको अभियानलाई सार्थकता प्रदान गर्न इएनटी ओपिडीमा ओएई उपकरण स्थापना गरेका हौं ।’ प्रा.डा. अन्सारीले भने ।

     

    स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ । यस व्यवस्था अनुरुप नेपाल मेडिकल कलेजमा अन्य अस्पतालहरुले श्रवण क्षमता परीक्षणका लागि प्रेषण गर्न सक्नेछन् ।

     

    जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ । निर्देशिका अनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएई उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ ।

     

    नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको तथ्यांक छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो र बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । ‘बच्चा जन्मिने वित्तिकै उसको श्रवण क्षमता परीक्षण गरे धेरै हदसम्म बहिरोपन रोक्न सकिन्छ ।


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved