logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • असोजको बाढी पहिरो क्षति उपर बीमा कम्पनीले दिए ३ अर्ब भुक्तानी: अझै ९ अर्ब बाँकी, कसको कति ?

    असोजको बाढी पहिरो क्षति उपर बीमा कम्पनीले दिए ३ अर्ब भुक्तानी: अझै ९ अर्ब बाँकी, कसको कति ?

    130
    SHARES
    असोजको बाढी पहिरो क्षति उपर बीमा कम्पनीले दिए ३ अर्ब भुक्तानी: अझै ९ अर्ब बाँकी, कसको कति ?

    काठमाण्डौ । गत असोजमा आएको बाढीले पुर्याएको क्षति उपर बीमा कम्पनीहरुले ३ अर्ब बढी दावी भुक्तानी दिएका छन् । करिब पाँच महिनाको अवधिमा बीमा कम्पनीहरुले २ हजार २४९ वटा दावी भुक्तानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत फागुन २१ गतेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

     

    गत असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट ठुलो क्षति पुर्याएको थियो । बाढी तथा पहिरोकै कारण ठुला ठुला परियोजना, पूर्वाधार, घर, पसल, सवारी साधान लगायतमा व्यापाक क्षति पुगेको थियो । सोही क्षति उपर बीमा कम्पनीहरुमा ठुलो आकारमा दावी पेश भएका छन् । हालसम्म १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् । सो दावीमा हालसम्म कम्पनीहरुले भने ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । तर, अझै ९ अर्ब ५ करोड १० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ ।

    कुल भुक्तानी मध्ये सम्पत्ति बीमाको हिस्सा धेरै देखिन्छ । सो अवधिमा कम्पनीहरुले सम्पत्ति बीमा अन्तर्गत २ अर्ब २० करोड ३५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यद्यपि, सो बीमामा ६ अर्ब ४४ करोड ५१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ । यस्तै, मोटर बीमा (निजी तर्फ) पनि २५ करोड ३७ लाख, र सार्वजनिक तर्फ २५ करोड ७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । मोटर बीमा अब कुल २३ करोड २४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

     

    प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ दावी परेको छ । तर, कम्पनीहरुले भने हालसम्म ३० करोड २४ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यस्तै, सामुद्रिक बीमा अन्तर्गत १ करोड ७८ लाख, पशुपन्छी बीमा तर्फ १ करोड ३९ लाख, कृषि तथा बाली बीमामा ८२ लाख र विविध अन्तर्गत ५५ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

    कुन कम्पनीमा कति दावी पेश, कति भुक्तानी ?
    हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक दावी भुक्तानी दिएको छ । कम्पनीमा २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ दावी पेश भएको छ । तर, कम्पनीले ५८ करोड २७ लाख रुपैयाँ भुक्तानी दिएको छ । अझै १ अर्ब ८१ करोड ४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ ।

     

    यस्तै, शिखर इन्स्योरेन्सले पनि ४७ करोड ७३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा भने १ अर्ब१४ करोड ४९ लाख रुपैयाँ दावी पेश भएका छन् । यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पनि ३९ करोड ५५ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले २६ करोड १६ लाख, युनाइटेड अजोडले २५ करोड ७८ लाख, हिमालयन एभरेष्टले २५ करोड १६ लाख, नेकोले २३ करोड ६५ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved