logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने दूरञ्चार प्राधिकरणको घोषणा

    टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने दूरञ्चार प्राधिकरणको घोषणा

    130
    SHARES
    टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने दूरञ्चार प्राधिकरणको घोषणा

    काठमाण्डौ । टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने नेपाल दूरसंचार प्राधिकरणले घोषणा गरेको छ । प्राधिकरणका अध्यक्ष भुपेन्द्र भन्डारीले बुधबार नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा टेलिकम कम्पनीले निवेदन दिएको एक सातामा ५ जीको अनुमति दिन सकिने बताए ।

     

    नेपालका टेलिकम कम्पनी ५ जीको लागि तयार नरहेकोले र पूर्वाधार बनाउन तयार नभएको बन्ने गुनासो बढेको सममा प्राधिकरणले भने तुरुन्तै ५जीको अनुमति दिन सकिने बताएको छ । भन्डारीले भने ‘एकै पटक देश भर जान नसकिएला तर ८वटा सहरबाट सुरु गर्न सकिन्छ ।’

     

    उनका अनुसार टेलिकम कम्पनी तयार हुने हो भने नियामकले रोक्दैन । उनले टेलिकम कम्पनीलाई आवश्यक २१ मेगाहर्जको फ्रीक्वेन्सी समेत दिन सकिने पनि बताए । हाल नेपाल टेलिकमले परीक्षणमात्रै गरेको छ भने सुरु गरेको छैन । एनसेलले भने ५ जीको परीक्षण गरेको छैन भने पछिल्लो समय पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भएकोले यसले ५जी मा जाने आट पनि गरेको छैन ।


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved